डर्टमण्डको जितमा जुलियन नायक
शनिबार, २६ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डलाई जित दिलाउन जुलियन ब्रान्टले दुबै गोल गरे ।
खेलको १२ औं मिनेटमा हालाण्डको पासमा जुलियनले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा रिउसको पासमा जुलियनले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।
यस जितसँगै डर्टमण्डले २९ खेलमा ६० अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
स्टुटगार्ड २७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
डर्टमण्डको जितमा जुलियन नायक






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





