काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले साँघुरो जित दर्ता गरेको छ ।
शुक्रबार राति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
न्युकासललाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन्।

त्यसअघि २४ औं मिनेटमा उडले गरेको गोलले मान्यता पाएन । भीएआरले अफसाइड देखाएपछि रेफ्रीले गोललाई मान्यता नदिएका हुन् ।
यस जितसँगै न्युकासलले ३१ खेलमा ३४ अंक जोडेको छ ।
न्युकासल १४ औं स्थानमा उक्लिएका छन् ।
उल्भ्स ४९ अंक जोडेर आठौं स्थानमा रहेका छन् ।