काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएईविरुद्ध सगर ढकालले पहिलो विकेट हात पारेका छन् ।
यूएईविरुद्ध बाँया हाते स्पिनर सागरले एकदिवसीय अन्तराष्ट्रियको व्यक्तिगत दोस्रो खेलमा पहिलो विकेट आफ्नो नाम गराउन सफल भएका हुन् ।
सागरले बसील हमिदलाई व्यक्तिगत १४ रनमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए ।
जारी खेलमा यूएई ४३ ओभर २ बलमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएर खेली रहेको छ ।