मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बलियो युएईको सामना गर्दै नेपाल

बिहिबार, चैत ३, २०७८खेलपाटी संवाददाता
बलियो युएईको सामना गर्दै नेपाल
Classic Tech Internet Ad

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज शुक्रबार यूएईको सामना गर्दैछ ।

सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो ।  युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो ।

युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले २/२ पटक जित हात पारेका छन् ।

सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।

विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो ।

त्यसैले नेपाल टी-ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । तर, यूएईलाई पराजित गर्नु नेपाललाई सहज भने हुने छैन ।

यूएई पछिल्लो समय उत्कृष्ट लयमा छ ।  विपक्षी टोलीविरुद्ध उसका ब्याटरहरु खेलेर आक्रमण गर्दै आएका छन् ।

यूएईले पछिल्लो समय बलिया एसोसियट राष्ट्र मात्र नभएर टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत मात दिदै आएको छ ।

यता नेपाल भने ब्याटिङमा संघर्षरत छ । ब्याटिङमा संघर्षरत नेपाललाई यूएईविरुद्ध जित निकाल्नु फलामको चिउरा चपाउनु जस्तै हुनेछ ।

लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।

नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।  

यूएई भने १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ ।  

Bajaj Pulsar Motorcycle Ad
बलियो युएईको सामना गर्दै नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो