एकदिवसीय अन्तराष्ट्रियमा सागरको डेब्यु
बुधबार, ०२ चैत्र २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । नेपाली बाँया हाते स्पिनर सागर ढकालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
सागरले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा प्लेइङ-११ मा स्थान बनाउँदै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।
सागर एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने नेपालका २८ औं खेलाडी बनेका छन् ।
सागरले नेपालको लागि टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको लागि २ खेल खेलिसकेका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा सागरको डेब्यु









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
