काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत नयाँ बस्ती युथ क्लबले दोस्रो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको खेलमा नयाँ बस्तीले ब्वाईज युनियन क्लबलाई ३–२ ले पराजित गरेको हो ।
नयाँ बस्तीको जितमा सुमन योंग्य, रोशन आङदेम्बे र सोम थापा एक–एक गोल गरे ।
ब्वाईज युनियनका लागि विनोद राई र दिवस मास्केले एक–एक गोल गरे ।
सुमनले १७ औं मिनेटमा गोल गर्दै नयाँ बस्तीलाई अग्रता दिलाए ।
३९ औं मिनेटमा भने ब्वाईज युनियनका विनोदले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर ५० औं मिनेटमा दिवसले गोल गरेपछि ब्वाईज युनियनले २–१ को अग्रता बनायो ।
६९ औं मिनेटमा भने नयाँ बस्तीले रोशनको गोलमा खेललाई बराबरीमा ल्याउदा ८२ औं मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले जित दर्ता गर्यो ।
जितसँगै चार खेलबाट ६ अंक जोड्दै चौथों स्थानमा उक्लिएको छ ।
यता ब्वाईज युनियनको चार खेलमा यो तेस्रो पराजय हो ।