पहिलो लेगमा लेस्टर विजयी
शुक्रबार, २७ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । युरोपा कन्फरेन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेस्टर सिटीले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले फ्रेन्च क्लब रेनसलाई २-० गोल अन्तरले हराएको हो ।
लेस्टरलाई जित दिलाउन मार्क अलब्राइटन र केलिची इहानाचोले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा मार्कले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा केलिचीले गोल गर्दै लेस्टरलाई २-० को जित दिलाए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । खेल रेनसको मैदानमा हुनेछ ।
अर्को खेलमा मार्सेलीले बसेललाई २-१ ले हराएको छ ।
पहिलो लेगमा लेस्टर विजयी









-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

