काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबल अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरी खेलेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकियो ।
बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता हुनेछ । दोस्रो लेग गलातासारेको मैदानमा हुनेछ ।
युरोपा लिग अन्तर्गत नै पहिलो लेगमा फ्रेन्च क्लब मोनाको पराजित भएको छ ।
मोनाकोलाई ब्रागाले २-० ले हराएको छ ।

इटालियन लब एट्लान्टाले पहिलो लेगमा जित हासिल गरेको छ ।
एट्लान्टाले जर्मन क्लब बायर लिभरकुसेनलाई ३-२ गोल अन्तरए हरायो ।
यस्तै रेन्जर्सले एफक्रेभेनालाई ३-० ले हराएको छ ।