काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हासिल गरेको छ ।
बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
मासन माउन्टले १४ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।

खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।
यस जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।