काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा टुसाल युथ क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा टुसाल र झम्सिखेलले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै झम्सिखेलले ४ खेलमा ५ अंक जोडेको छ ।
टुसालले ४ खेलमा ४ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।