रोमनले चेल्सी बेच्न नपाउने
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लबलाई बेच्न नपाउने भएका छन् ।
बेलायत सरकारले रोमन तथा उनको व्यवसायसँगै उनीमाथि यात्रा प्रतिवन्ध लगाएपछि उनले क्लबलाई तत्काल बेच्न नपाउने भएका हुन् ।
प्रतिवन्ध जारी रहेसम्म रोमनले क्लब बेच्न पाउनेमा शंका उब्जिएको छ ।
बेलायतको संसदमा उनीमाथि प्रतिबन्ध लाग्ने कुरा उठेपछि रोमनले च्याम्पियन्स लिग विजेता चेल्सीलाई बेच्ने प्रयास गरेका थिए ।
त्यतिमात्र नभएर क्लबले अब खेलका टिकट समेत बेच्न पाउने छैनन ।
यसको मुख्य उदेश्य भनेको रोमनले चेल्सीबाट थप आम्दानी गर्न नपाओस भन्ने रहेको छ ।
तर बेलायत सरकारले चेल्सीले तालिका अनुसारको खेल खेल्न पाउने, कर्मचारीलाई तलब उपलब्ध गराउने तथा टिकट काटेका दर्शकहरुले खेल हेर्न पाउन भन्ने उदेश्यले विशेष लाइसेन्स प्रदान गरिएको छ ।
#चेल्सी फुटबल क्लब













