साफका लागि महिला यू–१८ टोलीको घोषणा

काठमाडौं । नेपालले साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले च्याम्पियनसिपका लागि बिहीबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।
नेअप्ली टोली च्याम्पियनसिपका लागि शनिबार भारत प्रस्थान गर्ने छन् ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली –
सावित्री किशन, लिला जोशी, पुजा थापा, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई













