श्री कुमारी र आरसीटीको बराबरी
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) ले बराबरी खेलेका छन् ।
एन्फा कम्पलेक्समा बिहीबार भएको खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेले ।
तीन खेल खेलेको श्री कुमारीको यो लगातार तेस्रो बराबरी हो ।
यता आरसीटीले भने तीन मध्ये एक खेल जित्दा एकमा बराबरी तथा एक खेलमा पराजय भोगेको छ ।
आरसीटीको चार तथा श्री कुमारको तीन अंक रहेको छ ।
श्री कुमारीका लागि सुजन राज गौतमले गोल गरे भने आरसीटीका लागि प्रज्वल गुरुङले गोल गरे ।
खेलको चौथों मिनेटमा सुजनले श्री कुमारीलाई सुरुआती अग्रता दिलाए ।
तर त्यसको एक मिनेट बित्न नपाउदै पाँचौ मिनेटमा आरसीटीका प्रज्वलले गोल खेललाई बराबरीमा पुर्याए ।
#श्री कुमारी













