नेटोले २०२७ सम्म उल्भ्सका लागि खेल्ने
बिहिबार, २६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लीस प्रिमियर लिगका फुटबल क्लब उल्भ्सले फरवार्ड पेद्रो नेटोसँग सन् २०२७ सम्मका लागि सम्झौता गरेको छ ।
पोर्चुगलका फरवार्ड नेटोले सन् २०२० मा उल्भ्ससँग ५ वर्षका लागि सम्झौता गरेका थिए ।
तर उनले थप दुई वर्षका लागि सम्झौता नविकरण गरेका हुन् ।
ब्रागाबाट सन् २०१९ मा उल्भ्समा आएपछि २२ वर्षीय नेटो क्लबका एक प्रमुख खेलाडीको रुपमा रहेका छन् ।
नेटोले उल्भ्सका लागि ८३ खेल खेल्दै १० गोल गरेका छन् ।
नेटोले सन् २०२० मा पोर्चुगलका लागि डेब्यू गरेका थिए जुन खेल पोर्चुगलले ७–० ले जितेको थियो ।
#२२ वर्षीय नेटो उल्भ्सका एक प्रमुख खेलाडीको रुपमा रहेका छन् ।








_1727591754-1766731628489.jpg&w=3840&q=75)



-1766811430207.jpeg&w=3840&q=75)


