च्याम्पियन्स लिगबाट बाहिरिएपछि पीएसजीका नासेरको आक्रोश
बिहिबार, फागुन २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वारफाइनल प्रवेश गर्न असफल रहेको फ्रेन्च क्लब पेरिस जेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाइफी रेफ्रीमाथि आक्रोशित भएका छन् ।
अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडसँग बुधबार राति ३–१ ले पराजित भएपछि नासेर रेफ्रीको सामान तोडफोड गरेका थिए ।
रेफ्रीको प्रतिवेदन अनुसार आक्रोशित भएका नासेर रेफ्रीको ड्रेसिङ रुममा प्रवेश गर्न खोजेका थिए ।
तर रेफ्रीले उनलाई बाहिर जान आग्रह गरेपछि नासेरले रेफ्रीको सामान तोडफोड गरेका थिए ।
रियल मड्रिडका स्टाफले उक्त भिडियो खिचेको तथा थप कारवाहीका लागि युईएफएलाई पठाउने भएको छ ।
#नासेरले रेफ्रीको सामान तोडफोड गरेका थिए ।













