चेल्सी किन्ने तयारीमा क्यान्डी
काठमाडौं । बेलायती ब्यापारी निक क्यान्डीले प्रिमियर लिग क्लब चेल्सी किन्ने तयारी गरेका छन् ।
प्रिमियर लिग क्लबलाई बोली लगाउन ब्यापारी क्यान्डीले लगानीकर्तासँग छलफल गरिरहेको बीबीसीले जनाएको छ।
ब्यापारी क्यान्डी चेल्सीका समर्थक समेत रहेको बताईएको छ ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले दुई साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
चेल्सी किन्नका लागि मार्च १५ अम्म दरखास्त पेश गर्नुपर्ने मिति रहेको छ ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ ।
यस्तै युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ ।













