सिटी क्वाटरफाइनलमा
बिहिबार, २६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पोर्टिङ सिपिसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा ५-० को जितसहित अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा सिटीले ५-० को फराकिलो जित निकालेको थियो । जसको कारण सिटीले समग्रमा जित निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।
सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । दुबै टोली फिनिसिङ चुक्दा खेल गोलरहित सकिएको हो।
सिटी लगातार पाँचौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
सिटी क्वाटरफाइनलमा






-1775135248307.webp&w=3840&q=75)



-1775060945462.webp&w=3840&q=75)


