चर्च ब्वाईजको लगातार तेस्रो जित
बुधबार, फागुन २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत चर्च ब्वाईज यनाईटेडले लगातार तेस्रो जित हात पारेको छ ।
एन्फा कम्पलेक्समा बुधबार भएको खेलमा चर्च ब्वाईजले मध्यपुर युथ एसोसियसनलाई २–० गोल अन्तरले पराजित गर्दै तीन खेलमा अपराजित यात्रा कायमै राखेको हो ।
चर्च ब्वाईजको जितमा आशिष चौधरी र कुवेर न्यौपानेले एक–एक गोल गरे ।
चर्च ब्वाईजले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो ।
आशिषले ४३ औं मिनेटमा गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए ।
कुवेरले पहिलो हाफको इन्जुरी टाइममा गरेको गोलसँगै चर्च ब्वाईजले जित सुनिश्चित गर्यो ।
जितसँगै तीन खेलबाट ९ अंक जोडेको चर्च ब्वाईज अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।
यता मध्यपुर भने तीन खेलमा दोस्रो पराजय भोगेको छ । उनले एक खेलमा जित हात पार्दै तीन अंक जोडेको छ ।
#सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग













