लिगमा विरगंजको पहिलो जित
बुधबार, फागुन २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत विरगंज युनाईटेडले पहिलो जित हात पारेको छ ।
एन्फा कम्पलेक्समा बुधबार भएको विवादित खेलमा विरगंजले सामाजिक युथ क्बललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
विरगंजको जितमा एकमात्र निर्णायक गोल कृपा कान्त महतो थारुले गरे ।
महतोले खेलको ७१ औं मिनेटमा गरेको गोल नै विरगंजको जितका लागि पर्याप्त रह्यो ।
जितसँगै विरगंजले ३ खेलबाट ४ अंक जोडेको विरगंज चौथों स्थानमा उक्लिएको छ ।
यता ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।
खेलको ७८ औ मिनेटमा सामाजिक युथका खेलाडीलाई रेफ्रीले पहेलो कार्ड देखाएपछि सामाजिक युथका खेलाडी तथा पदाधिकारीले रेफ्रीको निर्णयसँग विवाद गरेका थिए ।
#विरगंज युनाईटेड













