लेवान्डोस्कीले तोडे मुलरको कीर्तिमान
बुधबार, २५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन फुटबलमा लेजेण्ड गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका छन् ।
लेवान्डोस्कीले क्लबका लागि युरोपियन फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका हुन् ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति रेडबुल साल्सबर्गविरुद्ध उनले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै लेवान्डोस्कीले मुलरको कीर्तिमान तोडेका छन् ।
लेवान्डोस्कीले ७७ खेलमा ६८ गोल गर्दै कीर्तिमान बनाएका हुन् । यस अघि मुलरको नाममा ७४ खेलमा ६६ गोलको कीर्तिमान रहेको थियो ।
लेवान्डोस्कीले ह्याट्रिक गरेपछि साल्सबर्गलाई ७-१ गोल अन्तरले हराउँदै समग्रमा ८-२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको छ ।

लेवान्डोस्कीले तोडे मुलरको कीर्तिमान












