वेल्स र अष्ट्रियाबीचको खेल मार्चमै हुने
बुधबार, २५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत वेल्स र अष्ट्रियाबीचको प्ले अफ सेमिफाइनल खेल मार्चमै हुने भएको छ ।
युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित भएपनि वेल्स र अष्ट्रियाबीचको खेल यसै महिना हुने भएको हो ।
वेल्स र अष्ट्रियाबीचको खेल मार्च २४ मा हुने तालिका रहेको छ ।
रुस र युक्रेनबीच जारी युद्धको कारण स्कटल्याण्ड र युक्रेनबीचको खेल भने स्थगित गरिएको छ ।
फिफाले रुसलाई भने विश्वकप छनोटबाट हटाएको छ ।
यस्तै फिफाले रुसमाथि प्रतिबन्ध गरिसकेको छ ।
वेल्स र अष्ट्रियाबीचको खेल मार्चमै हुने












