लिभरपुल क्वाटरफाइनल पुग्न योग्य
बुधबार, २५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफ्नो टोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न योग्य टोली भएको बताएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेपछि प्रतिक्रिया दिदै क्लोपले आफ्नो जित हकदार रहेको बताएका हुन् ।
'म साँच्चै खुसी छु किनकि हामी अघि गयौं । हामीले दुई लेग पार गयौं र मलाई लाग्छ कि हामी यसको योग्य थियौं,' उनले भने ।
अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा लिभरपुल इन्टर मिलानसँग पराजित भएको थियो । तर, पहिलो लेगमा निकालेको २-० को जितको कारण समग्रमा २-१ को जितसहित लिभरपुलले अन्तिम आठको यात्रा तय गरेको हो ।
लिभरपुलको मैदानमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले गोल गरेका थिए । तर, उनको गोलले टोलीलाई अर्को चरणमा पुर्याउन भने सकेन ।
लिभरपुल क्वाटरफाइनल पुग्न योग्य












