काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको छ ।
छनोट प्ले अफ सेमिफाइनल अन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेको थियो ।
तर, फिफाले पोल्याण्डलाई बाइ दिदै प्ले अफ फाइनलमा छनोट गरेको छ ।
अब पोल्याण्डले स्विडेन र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई छनोटबाट हटाएको हो ।
यस अघि फिफाले रुसलाई अनिश्चितकालका लागि प्रतिबन्ध गरिसकेको छ ।