काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएपनि लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा निकालेको २-० को जितको कारण लिभरपुल समग्रमा २-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।
एनफिल्डमा भएको दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।
उनले ६१ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै ६३ औं मिनेटमा एलेक्सिस सान्चेजले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो।
