काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सरस्वती युथ क्लब र टुसाल युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ ।
एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेलेका हुन् ।
सरस्वतीका लागि भुपेश श्रेष्ठ र विक्रम विसुन्खेले एक–एक गोल गरे ।
टुसालका लागि दुबै गोल धिरेन्द्र बहादुर शाहले गरे ।
खेलको छैठौं मिनेटमा गोल गर्दै भुपेशले सरस्वतीलाई अग्रता दिलाएका थिए ।
तर ६० औं मिनेटमा धिरेन्द्रले टुसालका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
६१ औं मिनेटमा विक्रमले गोल गरेपछि सरस्वतीले पुनः अग्रता बनाएको थियो ।
तर टुसालका लागि धिरेन्द्रले ७७ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बराबरीपछि दुई खेलबाट सरस्वतीले ५ अंक जोडेको छ भने टुसालले दुई खेलबाट दुई अंक जोडेको छ ।
अर्को खेलमा श्री भगवती र नयाँबस्तीले १-१ गोलको बराबरी खेलेका छन् ।