काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ।
एन्फा कम्प्लेक्समा मंगलबार ब्वाइज युनियनलाई ३-१ गोल अन्तरले हराउँदै झम्सिखेलले पहिलो जित निकालेको हो ।
खेलको १३ औं मिनेटमा आकाश बहादुर रानाले गोल गर्दै झम्सिखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १८ औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ५८ औं मिनेटमा अविरल बरालले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा ब्वाइजका विवेक राईले एक गोल फर्काए पनि झम्सिखेल ३-१ ले विजयी भयो ।
जितसँगै झम्सिखेलले ३ खेलमा ४ अंक जोडेको छ ।
ब्वाइजले ३ खेलमा ३ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।