काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टनलाई ५-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १४ औं मिनेटमा माइकल किनको आत्मघाती गोलबाट टोटेनहमले सुरुआती अग्रता बनाएको थियो ।
खेलको १७ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
३७ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।

खेलको ४६ औं मिनेटमा सेर्गी रेगुईलोनले गोल गरेपछि टोटेनहम ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ५-० को जित दिलाए ।
जितसँगै टोटेनहमले २६ खेलमा ४५ अंक जोडेको छ ।
टोटेनहम सातौं स्थानमा रहेको छ ।
एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।