युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित
सोमबार, २३ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्डबीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ।
युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेको थियो ।
यस खेल विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ ।
तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो ।
रुसले युक्रेनमाथि युद्दको घोषणा गर्दै आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ ।
जसको कारण युक्रेन एफएले खेल स्थगित गर्न आग्रह गरेको थियो ।
स्थगित खेलको नयाँ मिति दुबै राष्ट्रसँग छलफल गरेर घोषणा गरिने बताईएको छ ।
युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित







_1727591754-1766731628489.jpg&w=3840&q=75)



-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)