धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मंगलबार एक खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ बजेपछि सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।
ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो । लिगपछि मछिन्द्रको यो पहिलो मोफसलको प्रतियोगिता हो ।
बागमतीले एनआरटीलाई हराएको थियो । बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।
आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।