काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले बहराईन र बेलारुसविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
भारतले मार्च २३ मा बहराईन तथा २६ मा बेलारुसविरुद्ध मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।
तर घाइते भएपछि ३७ वर्षीय सुनिलले भने दुबै खेल गुमाउने भएका छन् ।
विभिन्न चोटका कारण सुनिललाई मैदानमा फर्किन केही समय लाग्ने बताइएको छ ।
सुनिलले इन्डियन सुपर लिग तथा आई लिगमा लामो समय मैदानमा विताएका थिए जसका कारण उनी घाइते हुन पुगेका हुन् ।