काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्र फुटबल क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि धनगढी पुगेको छ ।
प्रतियोगिताका लागि मछिन्द्र सोमबार बिहान धनगढी पुगेको हो ।
मछिन्द्रले पहिलो खेल मंगलबार बागमती युथ क्लबविरुद्ध खेल्नेछ ।
मछिन्द्र र बागमती युथबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।
बागमतीले यस न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।