काठमाडौं । मेक्सिकोमा शीर्ष डिभिजनको फुटबल लिगको एक खेलका क्रममा भएको हिंसामा परि कम्तिमा २६ जना घाइते भएका छन् ।
क्वेरेटारो तथा एटलसबीचको लिग खेलका क्रममा समर्थकबीच भएको झडपका क्रममा कम्तिमा २६ जना घाइते भएको बताइएको छ ।
ला कोरेगिडोरा स्टेडियममा ६३ औं मिनेटको खेल चलिरहदा झडप सुरु भएको थियो ।
झडपपछि खेल स्थगित गरिएको थियो ।
घाइतेमध्ये कम्तिमा १० जना गम्भिर अवस्थामा रहेका छन् ।