काठमाडौं । पाँचौं अन्तराष्ट्रिय आमन्त्रण मेयर कप भोजपुर गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक भोजपुर जिल्ला फुटबल संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
भोजपुर टुँडिखेलमा आयोजना हुने प्रतियोगिता चैत १ देखि ७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भोजपुर जिल्ला फुटबल एसोसियसन र सगरमाथा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।
