युभेन्ट्स विजयी
सोमबार, फागुन २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे ।
मोराटाले खेलको २१ औं मिनेटमा गोल गरे ।
यस जितसँगै युभेन्ट्सले २८ खेलमा ५३ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
स्पेजिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
युभेन्ट्स विजयी













-1763024272658.jpeg&w=3840&q=75)