काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई हराएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले बेटिसलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको दोस्रो मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा ल्याए ।

फेलिक्सले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई ३-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले २७ खेलमा ४८ अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
बेटिस ४६ अंक जोडेर पाँचौं स्थानमा छ ।