काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले नापोलीलाई १-० गोल अन्तरले हराएको हो ।
मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे ।
जिरुडले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलानले उपाधि होड कायम राखेको छ ।
शीर्ष स्थानमा उक्लिएको मिलानले २८ खेलमा ६० अंक जोडेको छ ।
नापोली ५७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।