काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै इल्चेलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
यस्तै खेलको ८८ औं मिनेटमा जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ ।
बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।
इल्चे ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
