काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ११ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै वाट्फोर्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
बुकायो साकाले ३० औं मिनेटमा गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए ।

खेलको ५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा वाट्फोर्डका मौसा सिसोकोले गोल गरेपनि आर्सनल ३-२ ले विजयी भयो ।
जितसँगै आर्सनलले २५ खेलमा ४८ अंक जोडेको छ ।
आर्सनल चौंथो स्थानमा उक्लिएको छ ।
वाट्फोर्ड १९ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।