काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पर्सिजा बाली युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ३४ औं मिनेटमा इलिजा स्पासोजेभिचले गोल गर्दै बालीलाई अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा इरफान जौहारीले गोल गर्दै पर्सिजालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा लेर्बि एलिन्ड्रीले गोल गर्दै बालीलाई २-१ को जित दिलाए ।
यस जितसँगै बालीले २९ खेलमा ६३ अंक जोडेको छ ।
बाली शीर्ष स्थानमा रहेको छ ।
पर्सिजा ३८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।