चर्च ब्वाईजको लगातार दोस्रो जित
आइतबार, फागुन २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत चर्च ब्वाईज युनाईटेडले लगातार दोस्रो जित हात पारेको छ ।
एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको खेलमा खुमलटार युथ क्लबलाई २–० ले पराजित गरेको गर्दै चर्च ब्वाईजले दोस्रो जित दर्ता गरेको हो ।
चर्च ब्वाईजको जितमा दुबै गोल आशिष चापागाईले गरे ।
पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई अग्रता दिलाएका थिए ।
चर्च ब्वाईजका लािग दोस्रो गोल आशिषले ७१ औं मिनेटमा गरेका थिए ।
दुबै गोल गरेका आशिष म्यान अफ द म्याच घोषित भए ।
जितसँगै ६ अंक जोडेको चर्च ब्वाईज लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यता दुई खेलबाट समान ६ अंक जोडेको श्री भवगती क्लब गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।
#आशिष चापागाई













-1763024272658.jpeg&w=3840&q=75)