स्ट्राइकर अनुबन्ध आवश्यक - ग्वार्डीओला
आइतबार, फागुन २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबलाई स्ट्राइकरको आवश्यकता रहेको बताएका छन् ।
म्यानचेस्टर डर्बी अघि प्रि-म्याच कन्फरेन्समा बोल्दै ग्वार्डीओलाले क्लबलाई स्ट्राइकर आवश्यक रहेको बताएका हुन् ।
'मलाई लाग्छ क्लबलाई निश्चित रुपमा स्ट्राइकर चाहिएको छ,' ग्वार्डीओलाले भने, 'तपाईं भन्नुहुन्छ कि हामी स्ट्राइकर बिना राम्रो खेल्छौं किनभने हामी जित्छौं । जब हामी जित्दैनौं, तपाईले हामीलाई स्ट्राइकर चाहिन्छ भन्नुहुन्छ।'
सर्जियो अग्युरोले क्लब छाडेपछि सिटीले यस सिजन मुख्य स्ट्राइकर बिना खेलिरहेको छ ।
अग्युरोले छाडेपछि सिटीले ह्यारी केन अनुबन्ध गर्न असफल भएको थियो ।
तर, यस सिजन सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।
सिटीले आज राति म्यानचेस्टर युनाईटेडविरुद्ध खेल्दैछ । खेल सिटीको मैदानमा हुनेछ ।
स्ट्राइकर अनुबन्ध आवश्यक - ग्वार्डीओला













-1763024272658.jpeg&w=3840&q=75)