पीएसजी पराजित
आइतबार, २२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीलाई निसले १-० गोल अन्तरले हराएको हो ।
निसको जितमा एन्डी डिलोर्टले निर्णायक गोल गरे ।
डिलोर्टले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए ।
निससँग पराजित भएपनि पीएसजी शीर्ष स्थानमा रहेको छ ।
पीएसजीले २७ खेलमा ६२ अंक जोडेको छ ।
निस ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पीएसजी पराजित












