रियलको पुनरागमन जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराएको हो ।
रियलको मैदानमा सुरुआती अग्रता भने सोसिडाडले बनाएको थियो ।
खेलको दशौँ मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीबाट गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।
तर, ४० औं मिनेटमा एडुवार्डो कामाभिन्गाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४३ औं मिनेटमा लुका मोड्रिचले गोल गरेपछि रियल २-१ ले अघि रह्यो ।
करिम बेन्जिमाले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।
यस जितसँगै रियलले २७ खेलमा ६३ अंक जोडेको छ ।
रियलले आठ अंकको अग्रता बनाएको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
सोसिडाड २७ खेलमा ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




