लिभरपुलको जितमा मानेको गोल
आइतबार, फागुन २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे ।
उनले खेलको २७ औं मिनेटमा आर्नोल्डको पासमा गोल गरेका थिए ।
यस जितसँगै लिभरपुलले २७ खेलमा ६३ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
सिटी ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
वेस्ट ह्याम ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
लिभरपुलको जितमा मानेको गोल







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




