बराबरीमा रोकियो बायर्न
शनिबार, फागुन २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न रोकिएको हो ।
खेलको १८ औं मिनेटमा निकल्स सुलेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न १-१ गोलको बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै बायर्नले २५ खेलमा ५९ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमै रहेको छ ।
लिभेरकुसेन ४५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बराबरीमा रोकियो बायर्न







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




