चेल्सीको एकतर्फी जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-० गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले दुई गोल गरे ।
रीस जेम्स र क्रिस्चियन पुलिसिचको नाममा एक एक गोल रह्यो ।
खेलको ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
हाभर्ट्जले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ३-० को अग्रता बनायो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।
जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले नै हराउँदा ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ ले हराएको छ ।
त्यस्तै क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ ले हराएको छ ।







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




