काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ आबद्द स्पोर्टिङ क्लब इस्ट बंगालले इन्डियन सुपर लिग (आईएसएल) मा हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा इस्ट बंगाललाई बेङ्गलुरु एफसीले १-० गोल अन्तरले हराएको हो ।
बेङ्गलुरुलाई जित दिलाउन सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।
सुनिलले २४ औं मिनेटमा गरेको गोल बेङ्गलुरुको जितमा निर्णायक बन्यो ।
यस खेलबाट अनन्तले समेत क्लब र आईएसएलमा डेब्यु गरे ।
बेङ्गलुरुविरुद्ध अनन्त सुरुवाती-११ मै टिममा परे ।
अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
इस्ट बंगालले सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
जितपछि छैटौं स्थानको बेङ्गलुरुले २० खेलमा २९ अंक जोड्यो ।
इस्ट बंगाल ११ अंक जोडेर पुछारमा रह्यो ।