काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।
शनिबार भएको खेलमा लेस्टरले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
लेस्टरको जितमा हार्भे बर्नेसले निर्णायक गोल गरे ।
उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै लेस्टरले २५ खेलमा ३३ अंक जोडेको छ ।
लेस्टर दशौँ स्थानमा उक्लिएको छ ।
लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।