आईएसएलमा अनन्तको डेब्यु
शनिबार, फागुन २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आईएसएल) टोली स्पोर्टिङ क्लब इस्ट बंगालमा डेब्यु गरेका छन् ।
आईएसएल अन्तर्गत शनिबार बेङ्गलुरु एफसीविरुद्ध मैदान उत्रदै अनन्तले डेब्यु गरेका हुन् । उनी सुरुवाती-११ मै टिममा परेका छन् ।
यससँगै अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
इस्ट बंगालले सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
आईएसएलमा अनन्तको डेब्यु







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




