काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम ललितपुर सिटी एफसीले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
ललितपुरले दोस्रो संस्करणको लागि प्रवेशलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
प्रवेशले हालै मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाएका थिए ।
यस्तै विमल घर्तिमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरिएको ललितपुरले जनाएको छ ।
विमलले मछिन्द्रबाट लिग खेलेका थिए ।
ललितपुरले विदेशी खेलाडीको रुपमा आन्द्रेस नियालाई अनुबन्ध गरिएको समेत जनाएको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
१० टोलीको सहभागिता रहने दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।